|
कोलोराडो सम्वाददाता । नेपाली कांग्रेस सम्बद्ध नेपाली जनसर्म्पर्क समिति कोलोराडो को आयोजनामा नेपाली कांग्रेसका कार्यवाहक सभापती श्री सुशील कोइरालाको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।हाल अमेरीकाको भ्रमणमा रहनुभएका कार्यवाहक सभापती श्री सुशील कोइराला भ्रमणको क्रममा कोलोराडो आइपुग्नुभएको हो । उक्त कार्यक्रमनेपाली जनसर्म्पर्क समिति कोलोराडो च्याप्टरको आयोजनामामा भएको थियो ा कार्यक्रमको सभापतित्व कोलोराडो च्याप्टरका अध्यक्ष धर्म श्रेष्ठले गर्नुभएको थियो ।
प्रमुख अतिथीको आशनबाट बोल्दै कार्यवाहक सभापती कोइरालाले वर्तमान परिस्थितिको सर्न्दर्भमा सबै कार्यकर्ताहरूले आपसी बेमेल र असमझदारी छोडेर एकता र आपसी विश्वासको वातावरण बनाउनुपर्ने धारणा उल्लेख गर्नुभयो । उहा“ले मुलुकमा वामपन्थीहरूको सक्रियता बढिरहेको परिस्थितिमा प्रजातन्त्रवादी शक्तिहरूको बीचमा आपसी एकता र विश्वासको वातावरण बन्न नसक्नु भविष्यमा प्रजातन्त्रमाथिको खतराको संकेत हो भन्नुभयो । कोइरालाले वर्तमान परिस्थितीमा नेपाल कठिन परिस्थितीबाट गुज्रिरहेको माओवादीको गयर जिम्मेवारी पनाले देशलाई गम्भिर मोडमा पुर्याएको भन्दै नेपाली कांग्रेसले देशलाई एउटा गन्तव्य स्थानसम्म ल्याईपुर्याएको र अहिले केही अपवित्र गठवन्धनकारीहरुले कांगे्रसलाईनै खेद्ने काम गरिरहेका छन् ।र्वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका अत्यन्त ठूलो रहेको हूनाले हामीले संयम भएर काम गर्नुपर्ने अवस्था छ भन्नुभयो ।
 अमेरिकास्थित नेपाली जनसर्म्पर्क समितिको विषयमाथि चर्चा गर्दै श्री कोइरालाले आपसी एकता अनिवार्य भएको र निकट भविष्यमै दर्ुइ जनसर्म्पर्क समितिका बीचमा एकता हुने कुराको विश्वास व्यक्त गर्नुभयो । यदी एकता गर्न कसैले मान्दैन भने तिनीहरुलाई पार्टर्ीी कडा कावार्ही गर्न पछाडी नपर्ने भन्दै अमेरीकामा जनसर्म्पर्क समितीको स्थापना गर्ने कोहो -भन्ने कुरा घाम जस्तै र्छलङ्ग छ भन्दै केही व्यक्तिहरुले निकालेको विवादको पछाडी नलाग्न आग्रह समेत गनुभयो । हाल अमेरीकामा दुइवटा जनसर्म्पर्क समिती अस्तित्वमा रहेका छन् । २००४ सालमा आनन्द विष्टद्धारा स्थापना गरेको जनसर्म्पर्क समिती अमेरीकालाई पार्टर्ीीभापती गिरीजा प्रसाद कोइराला र शुसिल कोइरालाले पत्र पर्ठाई आधिकारीक संगठनको मान्यता दिनुभएको थियो । पछि २००६ सालमा सुरेन्द्र देवकोटा लगायतका व्यत्तिहरुले सोही नामको संगठन खोली विवाद सिर्जना गरेका हून । सभापतिको आसनबाट अध्यक्ष धर्म श्रेष्ठले नेपालमा नेपाली कांग्रेस पार्टर्ीी खेल्नुपर्ने भूमिका र अमेरिकास्थित जनसर्म्पर्क समितिको एकताको लागि आफू र आफूसम्बद्ध साथीहरूद्वारा सक्दो प्रयास र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अहिले अस्तित्वमा रहेका २ समितिहरू मध्य आनन्द विष्टले नेतृत्व गरेको कमिटी नै आधिकारीक रहेको हुनाले त्यसैमा सबै जना संगठित हुन अनुरोध गर्दै भर्जिनीयामा सहमति गर्ने र पछि गएर सहमति धोका हो भन्ने जस्ता व्यक्तिहरुले गर्दा नै अमेरीकामा आज जनसर्म्पर्क समितीमा विवाद सिर्जना गरिएको हो । पार्टर्ीी तिनीहरुलाई कावाही गर्नु पदर्छ भन्नुभयो । उक्त भेलामा कार्यव्यस्तता बाबजूद पनि कोलोराडो र त्यसका आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली कांग्रेससम्बद्ध कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रह्यो ।
|