|
नेपाली कांग्रेसकी नेतृ एवं प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको त्रिविवि शिक्षण अस्पताल महाराजगंजको सघन उपचार कक्षमा उपचार्रार्थ भर्ना गरिएको अवश्थामा भएको दुःखद निधनले यस नेपाली जनसर्म्पर्क समिति अमेरिका परिवारलाई मर्माहित, स्तब्ध तुल्याएको छ । श्वास प्रश्वासका प्रक्रिया अवरुद्ध हुनुका साथै मुटु र पिसाबमा समस्या देखिएपछि उहाँलाई हिजो आकस्मिक रुपमा अस्पताल पुर्याइएको थियो । एक्कासी मुटु, श्वासप्रश्वास र नाडीको पल्स गुमेपछि अस्पताल पुर्याएकी आचार्यको शुक्रबार विहान ४ बजेर २५ मिनेटमा निधन भएको हो । नेपाली कांग्रेसमा सिद्धान्त र आस्थाको राजनीति गर्ने नेतृका रुपमा आफ्नो परिचय बनाएकी नेतृ आचार्यको निधनले नेपाली कांग्रेसलाई अपूरणनिय क्षति भएको छ । नेतृ आचार्यको निधन प्रति नेपाली जनसर्म्पर्क समिति अमेरिका दुःख व्यक्त गर्दै हामी उहाँको मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक शन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै भगवान श्री पशुपतिनाथले उहाँहरुमा धर्ैयधारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दछौ । जयनेपाल वेदप्रसाद खरेल महासचिव नेपाली जनसर्म्पर्क समिति अमेरिका |